- देवकला कार्की/संगालोखबर

धनकुटा, २९ माघ । महाशिवरात्री तथा सेना दिवसको अवसर पारेर सोमबार धनकुटामा रक्तदान कार्यक्रम गरिएको छ । बरख गण सल्लेरी ब्यारेक धनकुटाले रक्तदान कार्यक्रम गरेको हो ।

जिल्ला अस्पताल परिसरमा भएको रक्तदान कार्यक्रममा ५३ जनाले रगतदान गरेको बरख गणका मेजर रामवहादुर कार्कीले संगालोखबरलाई जानकारी दिए ।

Advertisement
धनकुटामा भएको रक्तदान कार्यक्रम । तस्बिर: देवकला कार्की/संगालोखबर

उनका अनुसार बरख गणमा कार्यरत ३० जना नेपाली सेनाले रक्तदान गरेका छन् ।

यस्तै ६ जना नेपाल प्रहरी, १ जना शसस्त्र प्रहरी, राईजिङ्ग युथ क्लबका १३ जना र ३ जना सर्वसाधरणले रक्तदान गरेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!