हेटौँडा, २८ माघ ।  प्रदेश नं ३ प्रदेशसभा उपसभामुखका लागि प्रदेशसभा सदस्य राधिका तामाङको एक मात्र उम्मेदवारी दर्ता भएको छ ।

उपसभामुख पदको प्रस्तावकमा नेकपा (एमाले) संसदीय दलका नेता डोरमणि पौडेल र नेकपा (माओवादी केन्द्र) संसदीय दलका उपनेता कुमारी मोक्तानले समर्थन गर्नुभएको थियो ।

Advertisement

नुवाकोट १ (क)बाट प्रदेशसभामा निर्वाचित ३४ वर्षीय तामाङ शिवपुरी गाउँपालिका–३ का हुनुहुन्छ । पार्टीका केन्द्रीय सदस्य एवं पूर्व कृषि राज्यमन्त्री तामाङ सशस्त्र युद्धकालका बेला नुवाकोट जनसरकार प्रमुख हुनुहुन्थ्यो ।

यसैबीच आज अपराह्न २ बजे बस्ने प्रदेशसभा बैठकपूर्व निर्विरोध निर्वाचित सभामुख सानुकुमार श्रेष्ठलाई संसद् सचिवालयमा शपथ गराइने प्रदेशसभा सचिवालयका सचिव डा रोजनाथ पाण्डेले बताउनुभयो । प्रदेश नं ३, प्रदेशसभामा कूल ११० सदस्य हुनुहुन्छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!