- ईश्वर थापा/संगालोखबर

धनकुटा, २६ माघ । बालअधिकारको संरक्षण र सम्बद्धनमा स्थानीय सरकार र सरोकारवालाको भूमिका विषयक गोष्ठी शुक्रवार धनकुटामा सम्पन्न भएको छ ।

मानव अधिकार मञ्च इलाम र सामुदायिक विकास मञ्च नेपाल, धनकुटाको संयुक्त आयोजना तथा जिल्ला समन्वय समितिको समन्वयमा जिल्ला स्तरीय १ दिने कार्यशाला गोष्ठी सम्पन्न भएको हो ।

Advertisement

कार्यक्रममा सांसद लिला सुब्बा, कुशुम कुमारी श्रेष्ठ, जिल्ला समन्वय समिति प्रमुख टंक चुवान, महालक्ष्मी नगरपालिकाका उप–प्रमुख मञ्जु अधिकारी, सल्भ नेपालका अध्यक्ष नारायण जोशी लगायतले भोलिको विकास र परिवर्तनको जग बालबालिका भएकाले बालबालिकाको क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रमबाट १३ बुँदे मार्र्गनिर्देश पनि तयार गरिएको छ ।

साविकको मेची अञ्चलका सबै जिल्ला र कोशी अञ्चलका धनकुटा, तेह्रथुम र संखुवासभा जिल्लाका साविकका १ सय ३५ गाविसमा बालअधिकार शान्ति शिक्षा कार्यक्रम सञ्चालन भएको छ ।

अब प्रदेश १ का सबै जिल्लामा कार्यक्रम सञ्चालन गर्ने तयारी रहेको कार्यक्रमका धनकुटा संयोजक सावित्रा राईले जानकारी दिईन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!