- देवकला कार्की/संगालोखबर

धनकुटा, २५ माघ । धनकुटा नगरपालिकाले व्यक्तिगत घटना समयमै दर्ता गराउनेलाई प्रोत्साहन स्वरुप पैसा दिने भएको छ । नगर कार्यपालिकाको नवौं वैठकले व्यक्तिगत घटना ३५ दिन भित्र दर्ता गराएमा प्रोत्साहन स्वरुप एक सय रुपैया दिने निर्णय गरेको हो ।

जन्म, मृत्य, विवाह, वसाईसराई र सम्बन्ध विच्छेद जस्ता घटना समयमै दर्ता गराउँनका लागि प्रोत्साहन रुवरुप पैसा दिने निर्णय गरिएको नगरपालिकाका प्रवक्ता जमशेर राईले संगालोखबरलाई जानकारी दिए । उनका अनुसार घटना भएको ३५ दिन भित्र आफ्नो वडा कार्यालयमा गएर घटना दर्ता गरेमा एक सय रुपैया प्रदान गरिनेछ ।

धनकुटा नगरपालिकाको कार्यालय । तस्वीर: देवकला कार्की/संगालोखबर

जन्म, मृत्यु, विवाह, सम्बन्धविच्छेद तथा बसाईसराई जस्ता निजी घटना स्थानीय पञ्जिकाधिकारीकोमा गएर दर्ता गराई प्रमाणपत्र लिने कार्यलाई व्यक्तिगत घटना दर्ता भनिन्छ । ३५ दिन भित्र ब्यक्तिगत घटना निःशुल्क दर्ता गर्ने प्रावधान छ । त्यो भन्दा ढिलो भएमा एक वर्षसम्म ५० रुपैया र त्यो भन्दा वढि समय ढिलाई भएमा एक सय रुपैया अतिरिक्त शुल्क लाग्ने व्यवस्था छ ।

यस्तै वैठकले नगरसभाले पारित गरेको गरिबी सहयोग अनुदान अन्र्तगत धनकुटा नगरपालिका क्षेत्रका गरिव तथा विपन्न वर्गलाई जस्ता पाता वितरण गर्न जस्ता पाता वितरण समिति पनि गठन गरेको छ ।

नगरप्रमुख चिन्तन तामाङ्गको संयोजकत्वमा ४ सदस्यीय समिति गठन गरिएको हो । जस्ता पाता लाभग्राही संकलन तथा सिफारिसका लागि सूर्य आठपहरियाको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरिएको छ ।

उक्त समितिले १० वटै वडामा रहेका विपन्न वर्गको तथ्यांक संकलन गरि सिफारिस गर्ने नगरपालिकाका प्रवक्ता राईले वताएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!