काठमाडौं ,२४ माघ । प्रदेश १ मा बुधबार बिहानैबाट मतदान सुरु भएको छ । एक सांसद रहेको संघीय लिम्बुवान मञ्चले भने मतदान नगर्ने जनाएको छ । राष्ट्रिय सभाका ८ सांसदका लागि ९३ प्रदेशसभा र १३७ स्थानीय तहका २७४ समेत गरी ४११ जना जनप्रतिनिधिहरुले मतदान गरेका छन् ।

Advertisement

प्रदेश सांसदको मतभार ४८ छ भने नगरपालिका र गाउँपालिकाका प्रमुख उपप्रमुखहरुको मतभार १८ हुनेछ । कुल ९३ प्रदेश सांसदहरुमध्ये वामपन्थी दलहरुको ६७ मत छ भने कांग्रेसका २१ प्रदेश सांसद छन् । बाँकी ५ जना अन्य दलका छन् ।

प्रदेश १ मा खुल्ला तर्फका केही सदस्यहरु निर्विरोध भइसकेका छन् ।

आज ३ बजे सम्पन्न हुने प्रदेश १ को राष्ट्रियसभा चुनावमा दुई पक्षका उम्मेदवारहरु वीच मतदान भइरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!