- रासस

लिबाङ, रोल्पा, २१ माघ । यही माघमा मात्र यहाँ तीन जना एचआइभी एड्स संक्रमित फेला परेका छन् ।

रोल्पा प्लसका अध्यक्ष राधा विकले माडी गाउँपालिकाका एक दम्पती संक्रमित भएको र तिनको नवजात शिशु पनि संक्रमित हुन सक्ने बताउनुभयो । साथै सुवर्णावती गाउँपालिकामा पनि एक महिला संक्रमित भएको खुलेको छ । प्रवासी श्रीमान्का कारण श्रीमान्–श्रीमती दुवै संक्रमित बन्न पुगेको अध्यक्ष विकको भनाइ छ ।

Advertisement

यी थप तीनसहित हाल जिल्लामा एचआइभी एड्स संक्रमितको संख्या ६४ पुगेको छ । संक्रमितमा २६ महिला, २४ पुरुष र तीन बालिका छन् । चौध जनाको भने यसअघि मृत्यु भइसकेको विकले जानकारी दिनुभयो ।

उहाँका अनुसार हाल जिल्लामा नौदेखि ६० वर्ष उमेर समूहका महिला तथा पुरुष एचआइभी एड्स संक्रमित भएर संक्रमणसँग लडिरहेको अवस्था छ । जिल्लामा भएका सबैजसो एड्स संक्रमित श्रीमान्कै कारण संक्रमित बनेको उहाँको भनाइ छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!