Advertisement

ककनी, नुवाकोट, १३ माघ। नुवाकोटको ककनीलाई पर्यटकीय क्षेत्रका रुपमा प्रवद्र्धन गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।

नेपाल पत्रकार महासंघ काठमाडौँ शाखाले आज ककनीमा आयोजना गरेको ‘ककनीको पर्यटन प्रवद्र्धनमा सञ्चारकर्मीको भूमिका’ विषयको अन्तरक्रियामा उहाँहरुले ककनीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न लाग्नु पर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसका नेता डा रामशरण महतले काठमाडौँदेखि २० मिनेटको दूरीमा रहेको ककनीको व्यापक प्रचारप्रसार नहुँदा पछाडि परेको भन्दै सबैले मिलेर ककनीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नुपर्ने बताउनुभयो ।

“ककनीको जुन रुपमा विकास हुनुपर्ने थियो त्यो भएको छैन”–उहाँले भन्नुभयो–‘‘ककनी जस्तै नगरकोटले पर्यटकीय क्षेत्रमा फड्को मारेको छ । अब ककनीलाई नगरकोट, धुलिखेल जस्तै पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नुपर्दछ ।” उहाँले निजी क्षेत्रलाई आकर्षित गरेर ककनीलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नुपर्ने बताउनुभयो ।

ककनी गाउँपालिकाका अध्यक्ष मानबहादुर लामाले ककनीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नका लागि गाउँपालिकाले अग्रसरता गरिरहेको बताउनुभयो । उहाँले सडकको उचित विकास नहँुदा ककनीमा उल्लेख्य संख्यामा पर्यटक नआएको गुनासो गर्नुभयो ।

उहाँले ककनी–शिवपुर–नारायणथान सडक निर्माणको प्रक्रिया शुरु गर्ने, वसन्ती दरबारको पुनःनिर्माणलगागयत काम गरेर ककनीको विकासमा थप सहयोग पु¥याउन लागेको जानकारी दिनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य गोविन्द चौलागाई र काठमाडौँ शाखा अध्यक्ष शन्तराम विडारीले ककनीको पर्यटन प्रवद्र्धनका लागि सञ्चारकर्मीले कमल चलाउने बताउनुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!