काठमाडौँ, १२ माघ।  त्रिकोणात्मक प्रेमकथामा आधारित ‘रानीमहल’ नामक चलचित्र निर्माण गरिने भएको छ ।

Advertisement

स्वस्तिक फिल्मस् प्रालिको ब्यानरमा निर्माण हुने उक्त चलचित्रमा अति नै मित्रता रहेका दुई साथीका बीचमा एक युवतीको प्रवेश भएपछि उनीहरुको सम्बन्धमा आएको चिसोपनका साथै प्रेमी र पे्रमिकाबीच हुनुपर्ने निःस्वार्थ भावना र सहयोगका बारे सन्देश दिन खोजिएको छ ।

वरिष्ठ कलाकार नीर शाह, शेष राणा, प्रशान्त ताम्राकार तथा नयाँ कलाकार आशिष अधिकारी, सहिल श्रेष्ठ, मानषवी खरेल, वर्षा सिवाकोटीलगायत कलाकारले अभिनय गर्नुहुनेछ । वेदप्रसाद भुसाल निर्माता रहेको सो चलचित्रको पटकथा दीपक पौडेलले तयार गर्नुभएको छ भने हिमाल न्यौपानेले निर्देशन गर्नु हुनेछ ।

यहाँ बिहीबार आयोजित पत्रकार सम्मेलनमा स्वस्तिक फिल्मस्का अध्यक्ष सुन्दर भुसालले नेपाली मौलिकतामा बनाइने उक्त चलचित्रले प्रेम कथाका साथै प्रेमको प्रतीकका रुपमा रहेको पाल्पाको रानीमहलको ऐतिहासिक पक्षलाई पनि उजागर गर्ने जानकारी दिनुभयो ।

करिब एक सातापछि पाल्पा, बुटवल, पोखरा, भैरहवा र काठमाडौँमा दृष्यांकन गरी दुई महिनाको समयावधिमा निर्माण सम्पन्न गरिने चलचित्र ‘हेलियम ८ के’ नामक क्यामराबाट छायांकन गरिनेछ ।

हलिउडमा प्रयोग हुँदै आएका क्यामरा तथा प्रविधिलाई पहिलोपटक नेपाली चलचित्रमा भित्र्याउन लागिएको आयोजकले जनाएका छन् । करिब रु एक करोड ५० लाखको लागतमा निर्माण पूरा गरिने बताइएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!