- संगालोखबर सम्वाददाता

धनकुटा, ३ माघ । सरकारले प्रदेश नम्बर १ को अस्थायी मुकाम बिराटनगर तोकेको बिरोधमा आज साँझ धनकुटामा प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरिएको छ । सरकार बिरुद्ध नाराबाजी गर्दै धनकुटेलीले जिरोपईन्टमा देउवाको पुत्ला जलाएका हुन् ।

सरकारको गलत निर्णय खारेज गर, प्रधानमन्त्री देउवा मुर्दावाद जस्ता नारा लगाउँदै बिरोध प्रदर्शन गरिएको हो । सरकारले धनकुटा आन्दोलनको विरुद्धमा निर्णय गरेकाले अव आन्दोलन शसक्त बनाईने आन्दोलन परिचालन समितिले जनाएको छ ।

पुत्ला दहनका तस्वीरहरु हेर्नुहोस् …

तस्वीरहरु : रबिन कटेल/संगालोखबर

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!