- बीबीसी

महिलाहरुमाथि हुने बलात्कार तथा अन्य खाले यौनहिंसामा उनीहरुले लगाउने भडि्कला पहिरनको पनि भूमिका रहने गरेको कतिपयको भनाई रहने गरेको छ । सायद यहीँ मान्यतालाई तोड्नका लागि बेल्जियममा एक अनौठो प्रदर्शनीको आयोजना भएको छ ।

बेल्जियममा बलात्कार पीडित महिलाका कपडाको प्रदर्शनीको आयोजना गरिएको छ ।

बलात्कार पीडित महिलाले बलात्कारको समयमा लगाएका कपडाको प्रदर्शनी गरिएको हो ।

ब्रसेल्सको मोलेनबिक जिल्लामा आयोजित उक्त प्रदर्शनीको नाम ‘इज इट माई फल्ट ?’ अर्थात् ‘के यो मेरो गल्ती हो ?’ दिइएको छ ।

ट्रयाकसूट, पाइजामा, पाइन्ट लगायतका कपडाहरु प्रदर्शनीमा छन् । बलात्कार पीडित महिलाहरुले नै दिएका कपडाहरु प्रदर्शन गरिएको आयोजकको भनाई छ ।

पीडित सहायता समूह सि ए डब्ल्यू इस्ट ब्रबेन्टको आयोजनामा प्रदर्शनी भएको हो ।

आयोजक लिसवेथ केन्सका अनुसार बलात्कार पीडिताले लगाएका पहिरनहरु निकै सामान्य हुने गरेका छन्, जो सबै आम महिलाले लगाउँछन् ।

पीडितलाई नै दोष किन ?

प्रायः यौन हिंसाका घटनामा पीडित महिलालाई नै दोष लगाउने गरिन्छ की आफुमाथिको यौन उत्पीडनका लागि उनी आफै जिम्मेवार छन् ।

पीडित महिलाहरुमाथि उत्तेजक कपडा लगाएको, रात अबेरसम्म घरबाहिरै रहने गरेको, केटाहरुसँग जिस्किने गरेको जस्ता आरोप लगाइन्छ: आयोजक केन्सको भनाई छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!