- संगालोखबर सम्वाददाता

धनकुटा, २५ पुस । धनकुटालाई प्रादेशिक राजधानी घोषणाको माग गर्दै आन्दोलित जिल्लाबासीले आज कोशी राजमार्गमा एक घण्टा चक्काजाम गरेका छन् । कोशी राजमार्गको धरान–धनकुटा सडक खण्ड स्थित धनकुटाको जिरोपईन्टमा मध्यान्ह १२ देखि १ बजेसम्म चक्काजाम गरिएको हो ।

चक्काजामका कारण दर्जनौ सवारी साधन रोकिएर बसेका थिए । फोकल्याण्डटापुदेखि रमाईलोघुम्तीसम्म सवारी साधनको लाम थियो । राजधानी घोषणा गर्न माग गर्दै २६ दिनयता निरन्तर प्रदर्शन गर्दै आएका जिल्लाबासीले यसअघि ६ दिनसम्म आमहड्ताल गरेका थिए ।

चक्काजामका कारण जिरोपईन्ट नजिक रोकिएका सवारी साधन । तस्वीर : रबिन कटेल/संगालोखबर

सरकारले तत्काल राजधानी नतोक्ने संकेत गरेपछि आजबाट आन्दोलनको स्वरुप परिवर्तन गर्दै चक्काजाम गरिएको आन्दोलन परिचालन समिति संयोजक सुन्दरवावु श्रेष्ठले जानकारी दिए ।

प्रशासनीक गौडा हुँदै पूर्वाञ्चल बिकास क्षेत्रको सदरमुकामसमेत भईसकेको धनकुटामा पर्याप्त भौतिक पुर्वाधार, १ नम्बर प्रदेशका १४ वटै जिल्लाको केन्द्र भागमा पर्ने, उपयुक्त हावापानी, मजवुत सुरक्षा ब्यवस्था लगायत कारणले प्रादेशिक राजधानी घोषणा गरिनुपर्ने जिल्लाबासीको माग छ ।

तस्वीरहरु हेर्नुहोस् ….

तस्वीरहरु : रबिन कटेल/संगालोखबर

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!