- रबिन कटेल/संगालोखबर

धनकुटा, २३ पुस । धनकुटाबासीले जिल्लालाई १ नम्बर प्रदेशको राजधानी स्वःघोषणा गर्दै सरकारी कार्यालयमा प्रदेश प्रमुखको कार्यालयसहित ११ मन्त्रालयको साईनबोर्ड राखेका छन् । प्रादेशिक राजधानीको माग गर्दै आन्दोलित जिल्लाबासीले धनकुटालाई प्रादेशिक राजधानी स्वःघोषणा गर्दै सरकारी कार्यालयहरुमा मन्त्रालयको साईनबोर्ड टासेका हुन् ।

शहरी बिकास तथा भवन निर्माण डिभिजन कार्यालयले भौतिक संरचनाको अध्ययन गरी मन्त्रालय राख्न सकिने भनेर केन्द्रमा नाम पठाएका कार्यालयहरुमा साईनबोर्ड राखिएको हो । बोर्ड टास्नका लागि बजारबाट सयौंको संख्यामा जिल्लाबासी जुलुससहित सरकारी कार्यालय पुगेका थिए । प्रतिनिधिसभाका सांसद राजेन्द्र राई र प्रदेशसभाका सांसद निरन राईको नेतृत्वमा गएका जिल्लाबासीले सरकारी कार्यालयमा बोर्ड टास्दै प्रादेशिक राजधानी स्वःघोषणा गरेका हुन् ।

Advertisement

सामुदायिक भवनमा प्रदेशसभा भवन, सहरी बिकास कार्यालयमा प्रदेशसभा सचिवालय, क्षेत्रीय प्रशासन कार्यालयमा प्रदेश प्रमुखको कार्यालय, क्षेत्रीय स्वास्थ्य निर्देशनालयमा मुख्य मन्त्री तथा प्रदेश परिषद्को कार्यालय, शिक्षा कार्यालयमा अर्थ मन्त्रालय र डिभिजन सहकारीमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयको बोर्ड राखिएको छ ।

क्षेत्रीय स्वास्थ्य निर्देशनालयमा मुख्य मन्त्री कार्यालयको बोर्ड राख्दै धनकुटाबासी । तस्वीर: रबिन कटेल/संगालोखबर

त्यस्तै पुरानो प्राविधिक कार्यालयको भवनमा पूर्वाधार बिकास मन्त्रालय, प्रविधिक कार्यालयको नयाँ भवनमा उद्योग मन्त्रालय, मालपोत कार्यालयमा कृषि मूमि ब्यवस्थापन सहकारी तथा पशु सेवा मन्त्रालय, सरकारी वकिल कार्यालयको नयाँ भवनमा स्वास्थ्य शिक्षा तथा सामाजिक विकास मन्त्रालय र सिचाई डिभिजनमा गृह मन्त्रालयको बोर्ड राखिएको छ ।

प्रादेशिक राजधानीका लागि हरेक हिसावले उपयुक्त रहेको धनकुटालाई सरकारले वेवास्ता गरेकाले जिल्लाबासीले आफै प्रादेशिक राजधानी घोषणा गरेको आन्दोलन परिचालन समिति संयोजक सुन्दरवावु श्रेष्ठले बताएका छन् ।

बोर्ड राखेपश्चात देव्रेवासमा आयोजित कोणसभालाई संबोधन गर्दै प्रतिनिधिसभाका सांसद राजेन्द्र राईले धनकुटेलीले प्रादेशिक राजधानी स्वःघोषणा गरेकाले अव सरकारले पनि घोषणा गर्न माग गरेका छन् । उनले धनकुटाको आन्दोलनलाई क्षेत्रीय प्रशासक लगायतले कम आक्न खोजेको भन्दै त्यस्तो गल्ति नगर्न सुझाव पनि दिएका छन् ।

भिडियो हेर्नुहोस् ….

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!