- नयाँपत्रिका

काठमाडौं, २० पुस । फाइभ स्टार होटेलबारे त सबैलाई थाहै छ । तर, के फाइभ स्टार जेलबारे थाहा छ ? थाहा पाइराख्नुस्, अस्ट्रेलियामा फाइभ स्टार जेल छ । यो जेलको नाम हो ‘जस्टिस सेन्टर लियोबेन’ ।

Advertisement

यो जेल प्रसिद्ध आर्किटेक्ट जोसेफ होहेसिन्नले डिजाइन गरेका हुन् । सन् २००५ मा अस्ट्रेलियाको पहाडी इलाका लियोबेनमा यो जेल स्थापना गरिएको हो । लगभग दुई सय पाँच कैदी अट्ने यो जेलको क्षमता छ ।

जस्टिस सेन्टर लियोबेनमा कुनै फाइभ स्टार होटेलमा उपलब्ध हुने सुविधा दिलाइएको छ । यहाँ स्पा, जिम तथा विभिन्न इन्डोर खेलका सुविधा छन् ।

यो जेलमा १३ कैदी एकसाथ एकै कक्षमा बस्न सक्छन् तथा एक–अर्काले कक्ष साटासाट गर्न पनि सक्छन् । यहाँका कक्ष अन्य जेलका भन्दा बिल्कुल फरक छन् । हरेक कक्षमा एउटा व्यक्तिगत बाथरुम, एउटा भान्सा र टेलिभिजनलगायत सुविधा छ । साथै, हरेक कोठामा ठूलो आकारको झ्याल छ, जुन बाहिर बालकोनीमा खुल्छ ।

जेलमा बगैँचा छ, जहाँ कैदीहरू बिहान र साँझ ताजा हावाको मजा लिन सक्छन् । जेलको अगाडिको हिस्सामा अदालती काम हुन्छ र यो हिस्सा आमजनताका लागि खुल्ला रहन्छ । यो जेलपरिसरमा दुई शिलालेख छ । जसमध्ये एकमा अमेरिकाको स्वतन्त्रताको घोषणापत्रबाट लिइएको वाक्य लेखिएको छ, ‘हरेक व्यक्ति मुक्त हुन्छ र उनीहरू सबैलाई एक समान गरिमा र जीवनको हक हुन्छ ।’ यसैगरी दोस्रो वाक्यमा लेखिएको छ कि –प्रत्येक व्यक्ति जो आफ्नो स्वतन्त्रताबाट वञ्चित छ, उसलाई पनि मूलभूत गौरव र सम्मानका साथ मानवीय व्यवहार गर्नु आवश्यक छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!