- अनलाइनखबर

कुकुरलाई अंग्रेजीमा Dog भनिन्छ भन्ने त सबैलाई थाहा छ । तर, अब चाहीँ कुकुको अंग्रेजी नाम Dog बाट बदलिएर Doggo बनेको छ ।

सोसल मिडियामा केही समययता कुकुरका लागि अंग्रेजी शव्द डगको साटो डोगो शव्दको प्रयोग व्यापक बनिरहेको छ ।

यहीँ ट्रेण्डलाई पक्रिँदै विश्वको चर्चित शव्दकोश मेरिएम वेब्स्टर्स डिक्सनरीले पनि यस वर्षदेखि डोगो शव्दलाई आफ्नो शव्दकोषमा नयाँ शव्दको रुपमा प्रवेश गराउने भएको छ । शव्दकोशले ट्विटरमार्फत यस्तो जानकारी दिएको हो ।

वास्तवमा आजकल डोगो नामबाट आफ्नो घरको पाल्तू कुकुरका फोटोहरु शोसल मिडियामा अपलोड गर्ने क्रम निकै बढेको छ । योसँगै मेरियम वेब्स्टर्स शव्दकोशले पनि ट्विटमार्फत डोगो शव्दको उत्पत्तिका विषयमा लेखिएको एक आलेखको लिंक शेयर गर्दे यस शव्दलाई शव्दकोशमा समावेश गर्ने विषयमा विचार गरिरहेको जनाएको छ ।

शव्दकोशले शेयर गरेको आलेख अनुसार म्यननय शव्दको प्रयोग १९ औँ शताब्दीका साहित्यमा पनि भएको देखिन्छ । त्यसबेलाको साहित्यमा Lie Doggo को अर्थ कतै लुकेर उँघिरहेको कुकुर भन्ने हुन्थ्यो ।

बिसौँ सताब्दीसँगै म्यननय शव्द कुकुरको पर्यावाचीको रुपमा प्रयोग हुनथाल्यो । कुकुर सम्बन्धी विभिन्न वेबसाइटहरुले फोटोजेनिक कुकुरहरुका लागि यस शव्दको प्रयोग गर्न थले ।

मेरिएम वेब्स्टर्स डिक्सनरीले कुकुरका लागि म्यननयक शव्दको प्रयोग गर्ने भनेर ट्विट गरेसँगै ट्विटर प्रयोगकर्ताहरु उत्साहित बन्दै आफ्नो कुकुरको फोटो सहित भटाभट ट्विट गरिरहेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!