- संगालोखबर सम्वाददाता

काठमाण्डौं, १६ पुस । धनकुटालाई प्रादेशिक राजधानी बनाउँन माग गर्दै आज राजधानीको माईतीघर मण्डलामा धर्ना दिईएको छ । धनकुटाबाट प्रतिनिधित्व गर्ने सांसदसहितको टोलीले दुई घण्टा धर्ना दिएको हो ।

बिहान ८ देखि १० बजेसम्म धर्ना दिएर राजधानी बनाउँन दवाव दिईएको आन्दोलन संघर्ष समिति संयोजक उमेश घिमिरेले जानकारी दिए ।

Advertisement

धर्नामा धनकुटाबाट प्रतिनिधित्व गर्ने प्रदेशसभाका सांसद ईन्द्रमणी पराजुली, कुसुम श्रेष्ठ, बिनादेवी राई, लिला सुब्बा, आरसी तुम्वा, पूर्व सांसद मनोहरनारायण श्रेष्ठ लगायत सहभागि थिए ।

उनीहरुसँगै राजधानीका लागि दवाव दिन धनकुटाबाट गएको टोलीका प्रतिनिधि र काठमाण्डौंमा बस्दै आएका धनकुटेलीहरु पनि धर्नामा सहभागि भएका थिए । धर्नामा सहभागिहरुले धनकुटालाई राजधानी घोषणा गर्न सरकारसँग माग गरेका छन ।

करिव एक साता अघि पनि सोही स्थानमा धर्ना दिएर धनकुटालाई राजधानी घोषणा गर्न माग गरिएको थियो ।

भोली प्रधानमन्त्री निवासमा धर्ना दिने कार्यक्रम रहेको आन्दोलन संघर्ष समितिले जनाएको छ । धनकुटालाई प्रादेशिक राजधानी घोषणाको माग गर्दै धनकुटा र काठमाण्डौंमा नियमित रुपमा दवावमूलक कार्यक्रम भईरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!