सुनसरी । धरानमा चार वटा हात र दुई वटा टाउँको भएको बच्चा जन्मिएको छ ।  धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुनसरी इनरुवा ८ की सोनम मण्डलले दुई वटा टाउको र चार वटा हात एउटै जिउमा जोडिएको नवजात शिशुलाई जन्म दिएकी हुन् ।

धरानको घोपा क्याम्पको स्त्री तथा प्रशुती विभागमा भर्ना भएकी मण्डलले अनौठो भएपनि स्वस्थ बच्चाको जन्म दिएको अस्पताल स्रोतले जनाएको छ । प्रतिष्ठानका डा. सूर्यप्रसाद रिमालका अनुसार ब्यथा लागेर आएकी सोनमको तल्लो पेट चिरेर शल्यक्रिया गर्दा चार हात र दुई वटा टाउको भएको बच्चा जन्मिएको थियो ।

Advertisement

बच्चा स्वस्थ जन्मिएको थियो । छोरिको रुपमा जन्मिएको नवजातको यौनांगपनि एउटै थियो । तर शिशुको पेट र छातिमा टाँसिएको अवस्थामा दुई हात थिए भने अरु दुई हात थिए । दुई वटा टाउको स्वस्थ थिए । घाटी भन्दा माथीका सबै अंग दुई वटै टाउकोमा थिए ।

यद्यपी उक्त शिशुको २४ घण्टापछि स्वास प्रस्वास नलिमा समस्या देखिएको थियो । चिकित्सकले नली राखेर स्वासप्रस्वास प्रणाली सञ्चालन गर्न खोज्दा परिवारले नमानेपछि शिशुको मृत्यु भएको अस्पतालले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!