- रबिन कटेल/संगालोखबर

धनकुटा, ११ पुष । धनकुटा नगरपालिका–९ च्याङच्याङबारीमा करिव दुई महिना अघि शंकास्पद अवस्थामा भेटिएको वेवारिसे शवको अझै सनाखत हुँन सकेको छैन । शरिरमा चोटपटक लागेको र वरिपरी रगत तलपतिएको अवस्थामा गत कात्तिक २५ गते सडकको नालिमा करिव ३० बर्षीया युवातीको वेवारिसे शव फेला परेको थियो ।

घटनास्थल र लाशको प्रकृतिका आधारमा हत्या गरेर फलिएको हुँनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखायो । तर, फेला परेको दुई महिना बित्न लाग्दा पनि शवको बिषयमा कुनै अत्तो–पत्तो लाग्न सकेको छैन ।

प्रहरीले घटनाको बिषयमा अनुसन्धान जारी रहेको बताएपनि अझैसम्म घटनामा संलग्न कोही पनि पक्राउ परेका छैनन् ।

सडक किनारमा रहेको शव । फाईल तस्वीर : संगालोखबर

‘घटनाको बिषयमा अनुसन्धान भईरहेको छ, निर्वाचनले गर्दा केहि ढिलाई भएको मात्रै हो ।’ प्रहरी प्रमुख सुदिप राजभण्डारीले संगालोकर्मीसँग भने ‘घटनामा संलग्न मान्छे अव चाडै पक्राउ पर्छन ।’ शवको पोष्टमार्टम पश्चात अनुसन्धानका लागि केन्द्रिय बिधि बिज्ञान प्रयोगसालामा भिसेरा पठाईएको प्रहरीले जनाएको छ ।

दुई महिना बित्न लाग्दासम्म पनि शवको शनाखतसमेत हुँन नसक्नुले प्रहरीको अनुसन्धान फितलो भएको जनगुनासो छ । मानवअधिकारकर्मी सन्तोष रुचालले प्रहरीको हेलचेक्राईका कारण अनुसन्धान फितलो भएर घटनाको बिषयमा कुनै पत्ता लाग्न नसकेको आरोप लगाए ।

विगत ६ वर्ष पहिले पनि धनकुटा–७ चुलिबनमा एक महिलाको वेवारिसे शव फेला परेको थियो । उनको पनि हालसम्म सनाखतसमेत हुन सकेको छैन । प्रहरीले गंभीरतापूर्वक अनुसन्धान गरेर घटनामा संलग्न दोसीलाई कारबाहीको दायरामा ल्याउँनुपर्ने स्थानीयको माग छ ।

 

यसअघि प्रकाशित समाचार हेर्नुहोस्…

धनकुटामा वेवारिसे शव भेटियो (फोटो फिचरसहित)

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!