- संगालोखबर सम्वाददाता

धनकुटा, ८ पुस । धनकुटाबाट प्रतिनिधिसभामा निर्वाचित राजेन्द्र राईलाई शनिवार धनकुटा–९ बेलहारामा ५१ किलोको माला लगाएर भब्य स्वागत गरिएको छ । बाम गठबन्धनको तर्फबाट बिजयी एमाले धनकुटाका अध्यक्षसमेत रहेका राईलाई बेलहाराबासीले गाउँमा भब्य स्वागत गरेका हुन् ।

निर्वाचित बनेपछि मतदातालाई धन्यवाद दिन बेलहारा पुगेका राईलाई सयौंको संख्यामा भेला भएका स्थानीयले ५१ किलोको माला लगाइदिएका हुन् । गलामा पहिर्याएको माला थाम्न राईलाई हम्मेहम्मे परेको थियो ।

राईलाई लगाईदिएको माला थाम्न आसपासमा रहेका स्थानीयले सहयोग गरेका थिए । राईले खुसीको क्षण थाम्न नसकेर अश्रुमिश्रित हॉसो हासिरहे । ‘मैले जीवनमा यति धेरै खुसी र अनौठो महशुस पहिलो पटक भोगें’, उनले भने, ‘स्थानीयबासीले गरेको स्वागतसंगै मतको कदर गर्न म सदैव जिम्मेवार भएर जुट्ने छु ।’

राजेन्द्र राईलाई ५१ किलोको माला लगाईदिदै बेलाहाराबासी ।

उनलाई लगाइएको माला करिब १० मीटर गोलाईसहित ५१ केजीको रहेको स्वागत कार्यक्रमका संयोजक तथा नगरपालिका–९ का वडाध्यक्ष सन्दिप रायमाझीले बताए । सयौं स्थानीयबासीले ५१ केजीको माला पहिर्याएर कार्यकालको सफलताको लागि शुभकामनासमेत दिएको स्थानीय टंक रोइलाले बताए ।

स्वागतमा भेला भएका अधिकांसले वाम गठबन्धनमा आवद्ध एमाले र माओवादी केन्द्रको एकता जतिसक्दो चाडो हुनु पर्ने जोड दिएका छन् ।
वाम गठबन्धन ९ नं.वडाको संयोजनमा स्वागत कार्यक्रम गरिएको थियो । संयोजक तथा वडा अध्यक्ष रायामाझीले जनताको छोराको जीत भएकोले यति भव्य स्वागत गरिएको बताए ।

लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार बनेका राप्रपा प्रजातान्त्रिकका महामन्त्री एवं उद्योग मन्त्री सुनिलबहादुर थापालाई १० हजार बढि मतान्तरले पराजित गर्दै राई विजयी भएका थिए ।

थप तस्वीरहरु हेर्नुहोस् …

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!