- ब्याडमिन्टन खेलाडी सिता एवेमा राई
ब्याडमिन्टन खेलाडी सिता एवेमा राई

भलिबलबाट खेलकुद क्षेत्रमा प्रवेश गरी पछिल्लो समय ब्याडमिन्टन खेल्न थालेर धेरै प्रतियोगितामा सफलता पाउँदै आएकी भोजपुर ईमालुङ्ग–८ की उदयमान ब्याडमिन्टन खेलाडी सिता एवेमा राईसँग संगालोखबरका प्रतिनिधीले गरेको कुराकानी –

भलिवल खेलमा राम्रै पहिचान बनाईसकेर पनि किन अहिले ब्याडमिन्टन खेलमा लाग्नु भयो ?

– अहिले पनि धेरैले मलाई भलिवल खेलाडी भनेर चिन्नुहुन्छ । म उत्तिकै ब्याडमिन्टनमा पनि आफ्नो परिचय बनाउँदैछु । भलिवल छाड्नुको मुख्य कारणहरु भनेको समयमा प्रशिक्षण नपाईने, पूर्वको अधिकांस जिल्लाहरुबाट खेलाडीहरु जम्मा हुन नसक्ने र भईहाले पनि धेरै भनेको तीन÷चार दिनको प्रशिक्षण मात्र पाईने, बिस्तारै आफ्नो टिमको खेलाडी कोही बिवाह गरेर गए, कोही खेल्न छाडे त्यसैले पनि ब्याडमिन्टन तर्फ मन तानियो ।

तपाई अहिलेसम्म कुन–कुन प्रतियोगितामा सहभागि भई बिजयी हासिल गर्नुभएको छ ?

– कृष्ण मोहन स्मृति कप, अन्नपुर्ण कार्पोरेट राष्ट्रिय च्याम्पियनसिप, पुष्पलाल स्मृति कप, जेष्ठ ओपन राष्ट्रिय च्याम्पियनसिप गरेर चार वटा राष्ट्रिय प्रतियोगितामा सहभागि भए । जसमध्ये अन्नपुर्ण कर्पोरेट च्याम्पियनसिप र जेष्ठ राष्ट्रिय च्याम्पियनसिप दुवैमा सफलता पाएकी छु ।

भोजपुरको दुर्गम क्षेत्रमा जन्मनुभएको मान्छे, छोटो समयमै कसरी यत्तिको सफलता हासिल गर्नुभयो ? तपाईको सफलतामा क–कस्को योगदान बढी छ ?

– भोजपुरको बिकट क्षेत्रमा जन्म भएपनि खेलकुद क्षेत्रको संघर्ष भने सुनसरीबाट सुरुवात गरे । २०७१ सालबाट ब्याडमिन्टन खेलमा प्रवेश गरेपछि खासै असफल भएको छैन । बिभिन्न समस्याहरु र धोका एवं पिडाहरुको बावजुत पनि अगाडी बढिरहेकी छु । जसमा मलाई साथ दिनुहुने आदरणिय राष्ट्रिय प्रशिक्षक सुदिप योन्जन, जेष्ठ ब्याडमिन्टन एकेडेमी परिवार र मेरो परिवारलाई बिशेष आभार प्रकट गर्न चाहन्छु । उहाँहरुको योगदान प्रति जिबनभर ऋणी हुनेछु ।

खेलकुद क्षेत्रमा रहदा तपाईले के–कस्ता समस्या र कठिनाईकोे समना गर्नुप¥यो ?

– खेलकुद क्षेत्र भनेको नै कठिनाई र संघर्ष हो । चुनौति छ अनि मिठो सफलता पनि, जसले कठिनाईलाई तोड्न सक्छ, ऊसले बिजयी हासिल गर्दछ । कठिनाईसँगै यसलाई चिर्ने प्रयासमा छु । तर, आफु सक्षम भएर पनि कुनैवेला खेल प्रस्तुत गर्नबाट बन्चित गराईदा धेरै पीडा हुदो रहेछ । मलाई बाह्र औं साउथ एसियन खेलका लागि नेपालबाट छनौट खेलमा सहभागि हुन बाट बन्चित गराईनु यसको एउटा उदाहरण हो ।

तपाईको बिचारमा खेलकुद क्षेत्रमा रहेका कमजोरी र सुधार गर्नुपर्ने पक्ष के–के छन ?

– समयमा प्रशिक्षण नहुँनु, सरकारबाट खेल क्षेत्रमा लगानी कम हुनु, मुलुकका दुर्गम तथा ग्रामिण क्षेत्रबाट खेलाडी उत्पादन गर्न नसक्नु, खेलाडीलाई सुबिधा नहुनु, खेलकुद क्षेत्रमा नातावाद क्रिपावाद हावी हुनु, खेलमा राजनीतिकरण हुनु लगायत कारणले खेलाडीहरुको मनोवल र आत्माविश्वास कमजोर हुने गरेको छ । यी पक्षहरु सुधार भएमा नेपालले खेल क्षेत्रबाट धेरै सफलता हासिल गर्न सक्ने संभावना छ ।

खेलक्षेत्रसँगै जिन्दगीका अन्य पक्षहरुलाई कसरी अघि बढाउँदै हुनुहुन्छ ?

– खेल क्षेत्रसँगै सामाजिक कार्य गर्ने रुची छ । धरान बसाई अवधी भर धेरै संघ–संस्थामा आवद्ध भएर काम गरे । अहिले काठमाण्डौं आएर ब्याडमिन्टन सम्बन्धी नै बिभिन्न कार्यक्रम र प्रशिक्षणमा ब्यस्त छु । खेल भनेको मेरो नसा हो । यसलाई जिवनभर साथमा लिएर हिड्नेछु । त्यसैले बिवाह पछि पनि म यसलाई निरनतरता दिईरहन्छु । बिवाह पछिको परिवारले पनि मेरो खेल क्षेत्रलाई उत्तिकै साथ दिन्छ र गर्भ गर्छ भन्ने बिश्वास छ ।

खेलकुद क्षेत्रमा राम्रै पहिचान बनाईसकेका कतिपय खेलाडीहरु खेल क्षेत्रबाट बिस्थापित भएका उदाहरण पनि छन । कतै तपाईपनि यस्तो उदाहरण त बन्नुहुने हैन ?

– खेलाडीहरु खेलबाट बिस्थापित हुनु रहर नभएर बाध्यता हो । सरकारले खेलाडीहरुलाई सेवा सुबिधा नदिनाले पनि यो बाध्यता आईपरेको हो । तर, म आफ्नै तरिकाबाट संघर्ष गरिरहन्छु । कुनै संघ–संस्था र सरकारको आस गर्दिन, आफ्नै लगानी र संघर्ष गरेर भएपनि यो क्षेत्रमा रहिरहन्छु । खेलकुद क्षेत्रबाटै आफ्नो भविश्य खोज्दैछु ।

खेलकुद क्षेत्रबाट तपाईले कहाँ सम्मको उच्चतम सफलता हासिल गर्ने लक्ष राख्नु भएको छ ?

– खेल क्षेत्रमा सवैको साथ र सहयोग पाएकी छु । नेपालको प्रतिनिधीत्व गर्दै साउथ एसियन गेममा गोल मेडल सम्म पाउँने लक्ष राखेकी छु । साथै बिभिन्न अन्र्तराष्ट्रिय मेडलहरु प्राप्त गर्ने लक्षमा छु ।

अन्त्यमा केही भन्नु छ ?

– मेरा बिचारहरु राख्ने मौका दिनुभएकोमा धनकुटा खवर अनलाईनलाई हार्दिक धन्यवाद दिन चाहन्छु । सधै साथ, सहयोग र सहकार्यको अपेक्षा पनि ब्याक्त गर्दछु ।

तपाईको प्रतिक्रिया