- संगालोखबर सम्वाददाता

धनकुटा, २५ कात्तिक । धनकुटामा शनिवार शंकास्पद अवस्थामा वेवारिसे शव फेला परेको छ । धनकुटा नगरपालिका–९ च्याङच्याङबारीमा बिहान करिव १० बजे वेवारिसे अवस्थामा महिलाको शव भेटिएको हो ।

सडक सरसफाई गर्न खटिएका कर्मचारीले सडकको होमपाईप नजिक शव देखेपछि प्रहरीलाई खवर गरेका थिए । नजिकै रगत लतपतीएको र घोप्टो परेको अवस्थामा करिव ३०/३५ बर्षकी महिलाको शव भेटिएको हो ।

Advertisement

घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय र मुलघाट प्रहरी चौकीबाट प्रहरी घटनास्थल गएको थियो ।

हत्या गरेर फालिएको वा दुर्घटना भएर मृत्यु भएको हुनसक्ने अनुमान गरेर घटनाको बिषयमा अनुसन्धान भईरहेको धनकुटाका प्रहरी प्रमुख सुदिप राजभण्डारीले संगालोखबरलाई जानकारी दिएका छन ।

शव र घटनास्थलका तस्वीरहरु …

होमपाईप नजिक रहेको शव ।

शव नजिक लतपतिएको रगत ।
धनकुटाको च्याङच्याङबारीमा भेटिएको वेवारिसे शव ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!