काठमाडौं,२३ असोज । राष्ट्रकवि माधवप्रसाद घिमिरेले स्रष्टाहरुलाई राष्ट्रप्रति समर्पित हुन आह्वान गरेका छन् ।

Advertisement

राष्ट्रकवि घिमिरेले हरेक सचेत नागरिकहरु राष्ट्रप्रति जिम्मेवार हुनुपर्नेमा पनि जोड दिए । कालिका एफएमको १५ औं वार्षिकउत्सवको अवर पारेर सोमबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले  साहित्य सृजनाको माध्यामबाट मुलुकलाई समृद्ध बनाउन सबै स्रष्टाहरुको ध्यान जानुपर्ने पनि उल्लेख गरे ।

 उनले समाजको तल्लो वर्गको उत्थान नभई मुलुकको समग्र उत्थान हुँदैन भन्ने सच्याईलाई आत्मासात गरेर साहित्य सृजना गर्नुपर्नेतर्फ पनि स्रष्टाहरुलाई सचेत गराए । कार्यक्रममा राष्ट्रकवि घिमिरेलाई सम्मान गरिएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!