- निश्चल पोख्रेल
निश्चल पोख्रेल, लालिगुँरास नगरपालिका–९ तेह्रथुम (हाल-धनकुटा)

आजको हाम्रो युवा अभियान
हुनेछ रक्तदानमा योगदान ।
युवा हामी एक जुट भई
तयार छौ गर्न रक्तदान ।

एक एक युवा मिलेर हामी
गर्ने छौ रक्तदान ।
बचाउँछौ हामी विरामीलाई गरेर रक्तदान
दिनेछौ हामी नयाँ जिवन गरेर रक्तदान ।

Advertisement

स्वार्थ हाम्रो केही छैन,
मिलेर गर्छौ रक्तदान ।
रगत अभाव भएर कति,
अकालमै जान्छ है विरामीको ज्यान ।

आजको हाम्रो युवा अभियान
पु¥याउँ रक्तदानमा योगदान ।
कोही रगत अभावले मर्न नपरोस,
गरौ सवले रक्तदान ।

एक एक युवा मिली हामी,
गर्ने छौ रक्तदान ।
त्यहि रगत पाए भने,
बाँच्ने छ हजार विरामीको ज्यान ।
हामी सबै युवा मिली,
गरौ रक्तदान ।

गाँउ,सहर,देश सवै युवा अभियान
सवै युवा मिली हामी गरौ रक्तदान ।
रगत अभाव नहोस कतै गरौ रक्तदान
युवा हामी सबै मिली यु¥याउँ है योगदान ।

रक्तदानमा योगदान, युवा अभियान
सबै सबै मिली हामी गरौ रक्तदान ।
रक्तदान गर्नु पर्छ भन्ने सबैमा रहोस ज्ञान,
रगत अभाव नहोस कतै ,
नजाओस कसैको ज्यान ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!